उत्पादनमुलक क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना गर्नुपर्ने नेता खनालको जोड | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

उत्पादनमुलक क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना गर्नुपर्ने नेता खनालको जोड

jhalanath khanal

काठमाडौं, १८ चैत । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले उत्पादनमुलक क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।

आइतबार युवासंघ नेपालले काठमाडौंमा गरेको कार्यक्रममा एमाले वरिष्ठ नेता खनालले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउँदै युवा शक्तिलाई मुलुक समृद्धिको अभियानमा लगाउनुपर्ने बताए । नेपालमा स्रोत र सम्भावना धेरै भए पनि त्यसलाई परिचालन गर्ने जनशक्ति नहुँदा विकासमा पछि परेको उनको भनाइ थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मुलुक निर्माणको जिम्मेवारी युवाहरुले लिनुपर्ने बताए । पूर्व उर्जामन्त्रीसमेत रहेका उनले जलविद्युत उत्पादन गरेर मात्रै पनि मुलुकमा विद्यमान व्यापार घाटा हटाउन सकिने बताए । नेता शर्माले मुलुक नयाँ युगमा प्रवेश गरेकाले सोही अनुसारको नीति तथा योजना तय गर्न सरकारलाई सुझाव दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);