काठमाडौं, १७ चैत । नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता नेत्र विक्रम चन्द विप्लवलाई मजाकको राजनीति गरेर मुलुकको शान्ति नबिथोल्न प्रधानमन्त्री केपी शर्माले सुझाव दिएका छन् ।
रिपोर्टस क्लबको २० आैँ बार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “सुतली बम सिद्धान्त हुन्छ ? चन्दा उठाउनका लागि सिद्धान्त र क्रान्तिका गफ दिने ? केटा केटी खेल नगर्न विप्लब समुहकी के भन्ने छ नि ? त्यस्लाई भन्न चाहन्छु । केपी ओलीलाई वारेन्ट गर्ने ? प्रचण्डलाई वारेन्ट ? कुन्नी कुन गाउँमा आउनु ! सात दिन भित्र हाजिर हुन । म विप्लवलाई यस प्रकारको राजनीतिक मजाक नगर्न सुझाव दिन चाहन्छु । अलि बढ्ता भयो के । ”