कांग्रेस नेता खड्काको शव आज काठमाडौं ल्याईंदै | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

कांग्रेस नेता खड्काको शव आज काठमाडौं ल्याईंदै

khumbahadur khadka

काठमाडौं, १७ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री खुमबहादुर खड्काको शव आज काठमाडौं ल्याईंदै छ । कांग्रेस नेताहरुले खड्काको शव अपरान्ह चार बजे काठमाडौं ल्याउन लागेको जानकारी दिएका छन् ।

खड्काको शुक्रबार साँझ ५ बजेर १५ मिनेटमा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । गत फागुन ४ गते हृदयाघात भएपछि फागुन ६ गते दिल्ली लगिएका खड्काको मृगौंलाले काम गर्न छोडेको थियो ।