२६ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले बजेटको अभावमा सबै स्थानीय तहको सडक व्यवस्थापनको काम चुनौतिपूर्ण रहेको बताएका छन् ।
उपप्रधानमन्त्री गच्छदारले सडक बोर्डलाई आवश्यक स्रोतको व्यवस्था नगरी जनताको चाहना अनुसार सडक मर्मत, संहारको काम सम्पन्न नहुने बाध्यतात्मक अवस्था रहेको स्पष्ट पारे ।
विहिबार काठामाडौंमा आयोजित ‘दीगो सडक मर्मत, संहार र स्थानीय सरकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सडक बोर्डलाई अधिकारसम्पन्न निकाय बनाएर सडक मर्मतको कामलाई तीव्र गतिमा अघि बढाउन आफूले पहल गर्नेमा जोड दिए ।
उपप्रधानमन्त्री गच्छदारले सडकको दूरावस्थाकै कारण मानिसहरुको ज्यान जाने गरेको घटनाले सरकारलाई गम्भीर बनाएको बताए ।