सौरहालाई बालविवाह मुक्त वडा घोषणा | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

सौरहालाई बालविवाह मुक्त वडा घोषणा

balbibaha mukta chetra

कपिलवस्तु, १६ चैत । कपिलवस्तु नगरपालिका वडा नम्बर १२ सौरहालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । वडा कार्यालय बिठुवामा भएको कार्यक्रममा पुर्व कानुनमन्त्री एवं राजपा नेता वृजेशकुमार गुप्ता र संयुक्त राष्ट्र संघ सिडो कमिटिकी सदस्य बन्दना राणाले बालविवाह मुक्त वडा घोषणा गरेकी छन् ।

कार्यक्रममा राजपा नेता गुप्ताले बालविवाह रोक्न सबै सचेत हुनुपर्ने बताए । कार्यक्रममा कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले सबै वडामा बालविवाह मुक्त क्षेत्र घोषणाको पहल गर्ने बताए ।

पछिल्लो समय कपिलबस्तुको सौरहामा बालविवाहको दर घट्दै गएको छ । वडा कार्यालयको अनुसार बालविवाहको दर घटेर ५ दशमलब ६३ प्रतिशत पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);