राष्ट्रपतिको सवारीका कारण यात्रुलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

राष्ट्रपतिको सवारीका कारण यात्रुलाई सास्ती

फूलमाया आले

काठमाडौं, १५ चैत । सडकको क्षमता भन्दा बढी सवारी साधन भएपछि काठमाडौं उपत्यकाबासी दैनिक ट्राफिक जामको समस्या खेपिरहेका छन् । त्यसमाथि भिआइपीको सवारीको लागि सडक खाली गराईंदा उपत्यकाको ट्राफिक व्यवस्थापन झनै अस्तव्यस्त हुने गर्छ ।

बिहीबार पनि राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न जाने र राष्ट्रपति कार्यालयमा फर्कने क्रममा उपत्यकाबासीले घण्टौं जाममा बस्नुपर्यो ।

बिहीबार संघीय संसद भवनमा राष्ट्रपतिको सम्बोधन गर्न जाँदा सडकमा भने हजारौं नागरिक जाममा फसे । ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो ।

सवारीको अत्याधिक चाँप हुने काठमाडौं उपत्यकाको सडक राष्ट्रपतिको सवारीको लागि खालि गराईंदा दिनैभर नागरकले सास्ती खेप्नु पर्यो ।

त्यसो त राष्ट्रप्रमुखको सवारीका लागि सडक खाली गराउनु ठूलो कुरा होइन । विश्वका अन्य देशमा पनि यस्तो चलन छ । तर, बैकल्पिक मार्ग नहुँदाको अवस्थामा भने सवारीको लागि सडक खालि गराईंदा जनताले सास्ती बेहोर्नुपरेको छ ।

यसै सन्दर्भमा भीआइपीको सवारीका लागि जनतालाई दुःख दिन नहुने आवाज उठ्न थालेको छ । एमाले नेता प्रदिप नेपाल भन्छन् नेपालमा राष्ट्रपतिलाई सुरक्षा थ्रेट नरहेकाले सवारीको वेला सडक खाली गराइरनु नपर्ने बताउँछन् । भिआइपीले पनि आम नागरिक सरह ट्रफिक नियम पालना गर्नुपर्ने उनको भनाइ छ ।

सर्वसाधारण पनि सुरक्षा वा अरु कुनै कारणले भिआइपीको सवारीका बेल सडक खाली गराएर नागरिकलाई दुःख दिन नहुने बताउँछन् । लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा राष्ट्रप्रमुख, प्रधानमन्त्री लगायत भिआपीहरुले सवारीका बेला तानाशाहाको जस्तो रवाफ देखाउन नहुने उनीहरुको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);