भ्रष्टाचार मौलाउनुमा न्यायाधीशहरु दोषी रहेको नेपाल बार एशोसिएसनको निष्कर्ष | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

भ्रष्टाचार मौलाउनुमा न्यायाधीशहरु दोषी रहेको नेपाल बार एशोसिएसनको निष्कर्ष

vastachar

काठमाडौं, १२ चैत । कानून व्यावसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले न्यायालयमा भ्रष्टाचार मौलाउनुमा न्यायाधीशहरु दोषी रहेको निष्कर्ष निकालेको छ ।

एशोसिएसनको नेपालगञ्जमा भएको १४ औं राष्ट्रिय सम्मेलनले निश्चित न्यायाधीशहरुले विचौलियासँग मिलेमतो गर्ने गरेको र त्यहि कारण न्यायालयमा भ्रष्टाचार बढेको निष्कर्ष निकालेको हो । सम्मेलनले जारी गरेको घोषणापत्रको ७ नम्बर बुँदामा निश्चित न्यायाधीश, कर्मचारी, कानून व्यावसायी र विचौलियाको मिलेमतोमा न्यायालयमा भ्रष्टाचार भइरहेको उल्लेख छ ।

सम्मेलनले २८ बुँदे घोषणापत्र जारी गरी न्यायपालिकामा व्याप्त भ्रष्टाचार न्युनिकरण हुनुको साटो झन बढ्दै गएकाले ठोस कदम चाल्न प्रधानन्यायाधीश, न्याय परिषद्, न्याय सेवा आयोग र कानून व्यवसायी परिषद्सँग माग गरेको छ । सम्मेलनले न्यायपालिकाप्रति जनविश्वास बढाउनका लागि सबै तहका न्यायाधीशको अद्यावधिक सम्पति विवरण सार्वजनिक गर्ने व्यवस्था मिलाउन पनि माग गरेको छ ।

सम्मेलनले मुद्दाको पेशी तोक्ने विषयले न्यायपालिकालाई विवादमा ल्याएकाले सबै तहका अदालतमा गोला प्रथाबाट पेशी ताक्नुपर्ने निष्कर्ष निकालेको छ । सम्मेलनले सर्वोच्च अदालतबाट जारी हुने अन्तरिम र अन्तरकालीन आदेशमा विसंगति देखिएको भन्दै एकरुपमा कायम गर्न कार्यविधि बनाउन माग गरेको छ ।

संविधान संशोधन सार्वभौम संसद्को अधिकारको विषय भएको भन्दै संशोधनमा वाह्य पक्षको अनधिकृत चासोलाई अस्वीकार गरेको सम्मेलनले सर्वोच्च अदालतमा पछिल्लो समय देखिएको विवादका विषयमा भने केही बोलेको छैन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);