बैठकमा लफडा: जब देउवाले प्रकाशमानलाई हकारे | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बैठकमा लफडा: जब देउवाले प्रकाशमानलाई हकारे

deuwa prakash man

काठमाडौं, ११ चैत । कांग्रेस बैठकमा शनिबार आठ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । बैठकमा गुटगत आरोप प्रत्यारोप भएको छ । संस्थापन पक्षका नेताहरू नेतृत्वको बचाउमा देखिए भने रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष आलोचनामा उत्रिए ।

मर्यादाक्रममा श्रेष्ठलाई अगाडि राखिएको व्यहोरा संयोजक कार्कीले पढेर सुनाउन नभ्याउँदै कांग्रेस बैठकमा लफडा सुरु भयो । सिंहबाहेक रामशरण महत, बलबहादुर केसी सहितका नेताले मर्यादाक्रममा आफूहरूको पनि असन्तुष्टि रहेको, तर एकजनाको मात्रै टुंग्याएको भन्दै आपत्ति जनाए ।

‘प्रकाशमानले आपत्ति जनाएपछि उनको समर्थनमा बलबहादुर उठे, अनि महेन्द्र यादव पनि उफ्रिन थाले,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले नयाँ पत्रिकासँग भने । नेता यादव सुशील कोइराला सभापति हुँदा पनि मर्यादाक्रममा समस्या हुँदा आफूहरू चुप लागेको भन्दै बैठकमा उफ्रिएका थिए । ‘हामी पहिले पनि सन्तुष्ट थिएनौँ । चन्द्र भण्डारीभन्दा ममाथि भए पनि तल राखिएको थियो,’ यादवको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘अहिले सभापतिले त्रुटी सच्चाउनुभयो त के बिगार्नुभयो ’

लगत्तै सिंह जंगिए, ‘बढी कुरा गर्ने, थर्काउने, एउटाको मात्र कुरा गर्ने रु’ प्रकाशमान उठेपछि सभापति देउवा आसनबाट उठेर ‘बढी कराउने ’ भन्दै चुप लाग्न भने । सदस्यहरू आक्रोशित भएपछि बाँकीको क्रम पनि मिलाउने आश्वासन सभापतिले दिएका छन् । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);