धादिङ, १० चैत । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले यो प्रदेश सम्पूर्ण स्रोत र साधनले भरिपूर्ण भएपनि उचित परिचालन र सदुपयोग हुन नसकेको बताएका छन् ।
शुक्रबार नीलकण्ठ नगरपालिका र जिल्ला समन्व समिति धादिङले गरेकोे स्वागत, बधाई तथा शुभकामना कार्यक्रममा बौल्दै मुख्यमन्त्री पौडेलले नेपाललाई समृद्ध बनाउन लाखौँको संख्यामा विदेशिएका युवाहरुलाई देशमै प्रचुर रोजगारको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै नेपाल पर्यटन र कृषिप्रधान देश भएकोले आवश्यक पुर्वाधार ल्याउने र कृषिलाई औधोगिकरण गर्न आवश्यक रहेको बताए ।
मन्त्री पौडेलले अहिलेको संरचना नेपालको पहिलो संरचना भएकाले काममा केही ढिलाई हुने स्विकारे । अघिल्लो केन्द्रिय सरकारले संरचनाको कानुन तथा पुर्वाधारहरु तयार नगरेकाले काममा ढिलाई हुनसक्ने उनले बताए ।
उनले काठमाडांैको विष्णुमति र बाग्मतिको अवस्थालाई चित्रण गर्दै त्रिशुली नदिलाई स्वच्छ र सफा राख्नको निम्ती क्लिन त्रिशुलीको अभियानमा सक्रिय हुन आव्हान गरे । देशमा आर्थिक क्रान्ति ल्याउनको लागि सबैको साथको अपेक्षा गर्दै जनताको आशलाई मर्न नदिने प्रतिबद्धता जाहेर गरे ।