नेपाल वायु सेवा निगमको जहाज प्रयोग गर्न निजामती कर्मचारीहरुलाई समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

साउन २५, काठमाण्डौं ।
व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिले सार्वजनिक पदधारण गरेका राजनीतिक तथा निजामती कर्मचारीहरुलाई हवाई यात्रा गर्दा नेपाल वायु सेवा निगमको जहाज मात्रै प्रयोग गर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको बुधबार बसेको बैठकले सार्वजनिक पदधारण गरेका राजनीतिक तथा निजामती कर्मचारीहरुलाई हवाई यात्रा गर्दा नेपाल वायु सेवा निगमको जहाजमात्रै प्रयोग गर्ने नीतिगत व्यवस्था गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिएको हो । नेपाल वायु सेवा निगमलाई आर्थिक रुपमा समृद्ध बनाउन पनि सार्वजनिक पदधारण गरेका राजनीतिक र सरकारी कर्मचारीहरुले हवाई यात्रा गर्दा यसको प्रयोग अनिवार्य रुपमा गर्नुपर्ने नीतिगत व्यवस्था गर्न सरकारलाई निर्देशन दिनु परेको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिनु भयो ।
लेखा समितिले जहाज खरिद प्रकरणका सम्बन्धमा ५ दिन भित्र चित्तबुझ्दो जवाफ पेश गर्न पनि सरकारलाई सचेत गराएको छ । निगमले जहाज खरिद गर्दा अनियमितता गरेको उजुरी परेपछि समितिले यस सम्बन्धमा चित्तबुझ्दो जवाफ ५ दिन भित्र लिखित रुपमै समितिमा पेश गर्न पुनः निर्देशन दिएको हो । जहाज खरिदका सम्बन्धमा चित्तबुझ्दो कारण पेश गर्न सरकारलाई ५ दिनको समय दिइएको पनि समितिका सभापति उपाध्यायले बताउनु भयो ।
लेखा समितिले नेपाल वायु सेवा निगमको इन्जिनियरिङ, मार्केटिङ र अपरेशन तीन वटै विभागको व्यवस्थापकीय सुधार १ महिना भित्र तयार पारी लागू गर्न पनि सरकारलाई सचेत गराएको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जितेन्द्रनारायण देवले नेपाल वायु सेवा निगमको जहाज राजनीतिक र कर्मचारीहरुले अनिवार्य रुपमा प्रयोग गर्ने निर्देशन दिन समिति समक्ष आग्रह गर्नु भएको थियो । उहाँले निगमको जहाज सेवालाई भरपर्दो बनाउन आफू लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
बैठकमा समितिका सदस्यहरुले निगमको जहाज खरिद प्रक्रिया पारदर्शी नभएको आरोप लगाएका थिए । उनीहरुले सरकार निगमको जहाज सेवालाई भरपर्दो बनाउन लागि नपरेको दावी समेत गरेका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);