एजेन्सी , १० चैत । स्पेनको सर्वोच्च अदालतले क्षेत्रीय राष्ट्रपतिका उम्मेदवारसहित पाँचजना क्याटलन पृथकतावादी नेतालाई हिरासतमा लिएको छ । अदालतले पाँचजना पृथकतावादी नेताहरूलाई सुनुवाई पूरा नभइ भाग्न सक्ने जोखिम रहेको भन्दै हिरासतमा लिएको हो ।
हिरासतमा लिइएका नेताहरूमाथि स्वतन्त्रता अभियानमा संलग्न रहेको आरोप लगाइएको छ । पाँच नेतालाई हिरासतमा लिइएसँगै बार्सिलोनामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । हजारौंले सडकमा प्रदर्शन गरेका छन् । पाँच नेता पक्राउ परेसँगै क्याटलन स्वतन्त्रता अभियानमा अहिलेसम्मकै गम्भीर चुनौति खडा भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
स्पेनले खोजी सूचीमा राखेका दुईजना पृथकतावादी नेता भने स्वघोषित निर्वासनमा बेल्जियम र स्वीट्जरल्याण्डमा छन् । क्याटलन संसद्का सभामुखले पक्राउ गरिएका नेताहरूको समर्थनमा संसद् बैठकमा वक्तव्य पढिने बताएका छन् ।