वीरगञ्जस्थित भारतीय वाणिज्य दूतले उम्मेदवारलाई हप्काएको एमालेको आरोप | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

वीरगञ्जस्थित भारतीय वाणिज्य दूतले उम्मेदवारलाई हप्काएको एमालेको आरोप

Bhim-rawal

२५ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासले स्थानीय तहको निर्वाचनमा खुलमखुला चलखेल गरेको आरोप लगाएका छन् । व्यवस्थापिका संसदको बुधबारको बैठकमा बोल्दै एमाले उपाध्यक्ष भीम रावलले यस्तो आरोप लगाएका हुन् ।

 

स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर दुईमा उम्मेदवारी दिन लागेकाहरुलाई दूतावासमा बोलाई हप्कि-दप्कि गर्ने गरेको भन्दै त्यसबारे सरकार जानकार छ, छैन भनि उनले प्रश्न गरे । उनले वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासको क्रियाकलापबारे सरकारले सम्मानित सदनमा अबिलम्ब जानकारी गराउन माग गरे ।

 

भियना अभि सन्धि अनुसार काम नगरे सम्बन्धित मुलुकले वाणिज्य दूतावासका अधिकारीलाई तत्काल निष्काशन गर्न पाउने अधिकार रहेको भन्दै उनले भारतीय वाणिज्य दूतले राजनीतिक दलका नेतामाथि बारम्बार हप्कि – दप्कि गर्दा पनि सरकार चुप लाग्नुको अर्थ के हो ? उनले प्रश्न गरे।

 

उनले भियना अभिसन्धि अनुसार राज्यहरुबीचको सम्बन्ध र स्वतन्त्रतालाई सरकारले रक्षा गर्नुपर्ने भन्दै यो हस्तक्षेपलाई संवेदनशील भएर सोच्न आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);