सरकार नीजि क्षेत्रसंग सहकार्य गरेर अगाडि बढे मात्र देश विकास सम्भव हुने : डा. युवराज खतिवडा | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

सरकार नीजि क्षेत्रसंग सहकार्य गरेर अगाडि बढे मात्र देश विकास सम्भव हुने : डा. युवराज खतिवडा

yubraj khatibada

काठमाडौं, ५ चैत । अर्थ मन्त्री डा. युवराज खतिवडाले सरकार नीजि क्षेत्रसंग सहकार्य गरेर अगाडि बढे मात्र देश विकास सम्भव हुने दाबी गरेका छन् ।

ललिपुर उद्योग वाणिज्य संघको ५१ बर्षमा प्रवेश तथा ललित व्यापार मेला समापनको अवसरमा मन्त्री डा. खतिवडाले मुलुकका स्वदेशी उत्पादनलाई बढावा दिनुपर्ने र साना तथा घरेलु उद्योगलाई प्रवद्र्वन गर्दै सरकारले नीजि क्षेत्रसंग सहकार्य गरेर अघि बढ्दा मात्रै देश समृद्धि हुने बताए । मन्त्री डा. खतिवडाले संघकोे ५० बर्षको कार्यकाल निकै सराहनिय रहेको समेत बताए ।

समापन कार्यक्रममा संघको ५० औं बर्षको अवधिमा सहयोग गर्ने तथा ३ दिने चलेको ललित व्यापार मेलामा सहयोग पुर्याउने  व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो । धातु तथा हस्तकलाका सामान, गरगहना, कपडा, ढाका तथा तयारी पोशाक, हस्तनिर्मित खेलौना, सजावटका सामाग्री, जडिबुटी, घरेलु अचार, भिरमौरीको मह, विद्युतिय सामाग्रीलगायतका स्टल राखिएको मेलामा एक करोड ५० लाख बराबरको व्यापार भएको आयोजकको दाबी छ ।

साथै संघले मेलाको अवसरमा नेपाल राष्ट्र बैक, टक्सार विभाग मार्फत संघको स्वर्ण जयन्ती लोगो अंकित एक हजारको चाँदीको सिक्का र सय रुपैयाँको साधारण सिक्का पनि निष्कासन गरेको छ ।