वैदेशीक रोजगारका नाममा हुने मानव तस्करीलाई सरकारले नै संरक्षण गरेको संसदीय समितिको ठहर | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

श्रावण २५, काठमाडौं

अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले वैदेशीक रोजगारका नाममा हुने मानव तस्करीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएको छ ।
अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समिति अन्तरगतको उपसमितिले खाडी मुलुकको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनमा सरकारकै संरक्षणमा मानव तस्करी भइरहेको उल्लेख छ । समितिको मंगलबारको बैठकमा पेस गरिएको प्रतिवेदनमा बेचविखनमा परेका महिला कामदारहरु दुतावासको शरणमा आउने गरेपनि सरकारकै संरक्षणमा दोषीमाथि कारवाही नभएको पाइएको जनाइएको छ । प्रतिवेदन पेश गर्दै उपसमितिका सदस्य विनोद श्रेष्ठले मानव तस्करमा संलग्न व्यक्तिहरुलाई कारवाही गर्न भूमिका खेल्नुको सट्टा परराष्ट्र मन्त्रालयले आफूसँग प्राप्त सूचना समेत लुकाई मानव तस्करीलाई सघाएको स्पष्ट पार्नुभयो । उहाँले कतिपय महिलाहरु नेपालकै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै सरकारी सेटिङमै खाडी मुलुक पठाउने गरेको समेत पाइएको बताउनुभयो ।
उपसमितिले दोहोरो श्रम सम्झौताका कारण पनि नेपाली कामदारमाथि शोषण हुने गरेको जनाएको छ । त्यसैगरी विदेशमा काम गर्ने घरेलु महिला कामदारहरुको अवस्था दर्दनाक रहेको प्रतिवेदनमा उल्लेख छ । उपसमिति सदस्य श्रेष्ठले शारिरीक, मानसिक र यौनजन्य हिंसाबाट नेपाली महिला कामदारहरु पीडित रहेको बताउनुभयो ।
उपसमितिले अधिकांश घरेलु कामदारहरुलाई आफू कुन ठाउँमा छु भन्ने समेत जानकारी नहुँदा उनीहरुको उद्धार कार्यमा समस्या हुने गरेको प्रतिवेदनमा उल्लेख गरेका छ । साउदी अरवमा काम गरेका महिला कामदारहरुलाई वर्षौ तलव नदिई घर मालिकले नेपाल पठाउने गरेको पनि पाइएको छ । खाडी मुलुकमा रहेका नेपाली कामदारहरुलाई खानपीन र बसोबासको समेत उचित प्रबन्ध नभएको पनि प्रतिवेदनमा उल्लेख छ । खाडी मुलुकमा गएका कामदारहरु मध्ये ६० प्रतिशत त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै तस्करी हुने गरेको पाइएको छ । तर नेपाल सरकारसँग हालसम्म पनि कति नेपाली कामदार खाडी मुलुकमा रहेका छन भन्ने एकीन तथ्यांक नै छैन ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);