श्रम स्वीकृति काठमाडौं बाहिरबाट पनि | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

श्रम स्वीकृति काठमाडौं बाहिरबाट पनि

baideshik rojgar

काठमाडौं, ५ चैत । वैदेशिक रोजगारका लागि विदेश जाने कामदारलाई श्रम स्वीकृतिमा पहुँच विस्तार गर्न सरकारले राजधानीबाहिरका दुई स्थानबाट श्रम स्वीकृति दिने गरी सेवा विस्तार गर्ने तयारी गरेको छ।

विशेषगरी बिदामा आएका कामदारका लागि पुनः श्रम स्वीकृति दिने लक्ष्यसहित धनुषा र पश्चिम क्षेत्रमा पूर्ण श्रम स्वीकृति दिनेगरी कार्यालय विस्तारको गृहकार्य सुरु गरिएको छ।

सरकारले राजधानीमा मात्र केन्द्रित श्रम स्वीकृति दिने कार्यालयलाई उपत्यकाबाहिर विस्तारको तयारी गरेको वैदेशिक राजगार विभागलाई निर्देशन गरेको छ। नवनियुक्त श्रममन्त्री गोकर्ण विष्टले पूर्वी र पश्चिम क्षेत्रका युवालाई लक्षित गरेर कार्यालय विस्तार गर्न लागिएको जानकारी दिए।, यो खबर आजको कारोवार दैनिकमा छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);