विर्तामोड, ४ चैत । चन्द्रगढी ३ का २४ बर्षीय अनिष लुइँटेलले यसअघि नेपालको सविधान बोकेर सगरमाथा आरोहण गरेका थिए । तर, त्यसबेला लागेको ऋण तिर्न नसकेर फेरि सगरमाथा आरोहण गर्न लागेको उनले बताएका छन् ।
ऋण तिर्ने रकम संकलन होला कि भनेर २४ औं वल्र्ड रेकर्ड स्काउट जेम्बोरीको लोगो बोकेर यही महिना सगरमाथा आरोहण गर्न लागेको उनको भनाइ छ । २०७३ जेठ ८ गते सगरमाथा आरोहण गर्दा लागेको ऋण २० लाख रुपैयाँ उनले चुक्ता गर्न सकेका छैनन् ।
स्काउटको लोगो सगरमाथामा पुर्याएपछि अमेरिकामा हुने २४ औं वल्र्ड स्काउट जेम्बोरीमा आफूलाई सम्मान गर्दै केही रकम दिइने र त्यसले ऋण तिर्ने योजना बनाएको उनले सुनाए । आजको अन्नपूर्ण पोस्टको पृष्ठ ८ मा यो खबर छ ।