काठमाडौं, ३ चैत । संघीय समाजवादी फोरम सरकारसँग लिखित सहमति नभएसम्म सरकारमा सहभागी नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएको संघीय समाजवादी फोरम तेस्रोपटक मन्त्रिपरिषद विस्तार हुँदा समेत सहभागी भएन । यद्यपी फोरमालाई सरकारमा सहभागि गराउन प्रधानमन्त्री ओली प्रयासरत छन् ।
तर, फोरमले भने सरकारसँग लिखित सहमति भएपछि मात्र सरकारमा सहभागि हुने जनाएको छ । अब सरकारसँग शहरी विकास मन्त्रालय र स्वास्थ मन्त्रालय मात्र बाँकी रहेको छ ।