औद्योगिक क्षेत्रमा लोडसेडिङ हुन दिन्न : ऊर्जामन्त्री | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

औद्योगिक क्षेत्रमा लोडसेडिङ हुन दिन्न : ऊर्जामन्त्री

२४ साउन, काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले औद्योगिक क्षेत्रमा लोडसेडिङ हुन नदिने प्रतिबद्धता जाहेर गरेका छन् । मन्त्री शाहीले औद्योगिक क्षेत्रमा समेत लोडसेडिङ नहुने गरी आफूले कार्य योजना बनाएको बताए ।

 

उनले औद्योगिक क्षेत्रको माग अनुसार विद्युत वितरण गर्न कतैबाट पनि अवरोध भने गर्न नहुने सर्तपनि अघि सारेका छन् । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शाहीले देशका मुख्य–मुख्य सहरमा लोडसेडिङ मुक्त भएको स्मरण गराउँदै त्यो क्रमलाई निरन्तरता दिने बताए ।

 

मन्त्री शाहीले वैदेशिक लगानी नभित्र्याई ठूला जलविद्युत परियोजना सम्पन्न गर्न नसकिने स्पष्ट पारे । उनले नेपालको जलविद्युत क्षेत्रको विकासका लागि वैदेशिक लगानी अत्यावश्यक रहेकोमा जोड दिए । मन्त्री शाहीले नेपालको आन्तरिक लगानीबाट साना तथा मझौला आकारको जलविद्युत आयोजना मात्रै निर्माण गर्न सकिने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);