इलाम, २ चैत । यातायात व्यवसायीहरुले २० बर्ष चलेका सवारी साधन हटाउने सरकारी निर्णयको विरोध गरेका छन् । इलाममा पत्रकार सम्मेलन गरेर व्यवसायीहरुले २० वर्ष चलेका सार्वजनिक सवारी हटाउने तर निजि सवारी चल्न पाउने नियम सरकारले ल्याएको भन्दै विरोध गरेका हुन् ।
राज्यले विभेदकारी निति ल्याएको भन्दै व्यवसायीले प्रदुषण जाँचपाच गरेर सवारी चलाउन पाउनु पर्ने माग गरेका छन् । इलाममा २ सय भन्दा धेरै २० वर्षे पुराना सवारी साधन संचालनमा रहेका छन् ।