काठमाडौं, २९ फागुन । बंगलादेशी विमान दुर्घटनाग्रस्त हुँदा घाइते भएका मध्ये २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेहरुको काठमाडौं मेडिकल, ग्राण्डी, ओम, मिडसिटी र नर्भिक अस्पतालमा उपचार भइरहेको हो । काठमाडौं मेडिकल कलेजमा १० जनाको उपचार भइरहेको छ । तीमध्ये तीन जनालाई आइसीयुमा भर्ना गरिएको छ । अस्पतालले ६ जनाको अवस्था गम्भिर रहेको बताएको छ ।
चार जनाको ग्राण्डी र चार जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ भने ओम र मिडसिटी अस्पतालमा एक एक जनालाई भर्ना गरिएको छ । अस्पतालमा आफन्तजनहरुको भीड लागको छ ।




