२३ साउन, काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ । समसामयिक राजनीतिक घटनाक्रम र प्रदेश नं २ मा हुन लागेको तेस्रोचरणको निर्वाचनका बारेमा छलफल गर्न बैठक बोलाइएको हो ।
बैठकमा उपस्थितिका लागि सम्पूर्ण केन्द्रीय कार्यसमितिका सदस्यलाई आमन्त्रण गरिएको छ । बैठक बिहान ८ बजे बस्ने छ ।