काठमाडौं, २६ फागुन । नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभालाई जनताको सबै समस्या समाधान गर्ने थलोको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नवनिर्वाचित सभामुख महराले सबै दलको सहमतिमा प्रतिनिधिसभालाई जनताको भावना अनुसार अघि बढाउने स्पष्ट पारेका छन् ।
सभामुखमा निर्विरोध निर्वाचित भएलगत्तै संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ कुराकानी गर्दै उनले प्रतिनिधिसभालाई जनताको भावना अनुसार अघि बढाउन आवश्यक सुझाव दिन पनि सबैमा आह्वान गरेका छन् ।
सभामुख महराले नयाँ संविधान कार्यान्वयन गर्ने आफ्नो मुख्य कार्यभार रहेको बताएका छन् । प्रतिनिधि सभाको शनिबार बसेको बैठकले महरालाई सभामुखमा निर्विरोध निर्वाचित गरेको थियो