रौतहटको चन्द्रनिगाहपुरदेखि गौरसम्म सडक अतिक्रमण तिव्र | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

रौतहटको चन्द्रनिगाहपुरदेखि गौरसम्म सडक अतिक्रमण तिव्र

राकेश यादव
रौतहट, २४ फागुन । रौतहटको चन्द्रनिगाहपुरदेखि गौरसम्म सडक अतिक्रमण तिव्र भएको छ । सडकका दुबैतर्फ घर टहारा बनाएर व्यवसाय संचालन गरिएको छ । सडक अतिक्रमण हुँदा पनि अनुगमन र नियन्त्रण नभएको सरोकारवालाको भनाई छ ।

रौतहटको चन्द्रनिगाहपुरदेखि गौरसम्म सडकमा दुबैतफै स्थानीयले घर टहारा बनाएका छन् । सडक छेउमा पशु बाध्नुका साथै पसलका सामान राखिएको छ । सडक अतिक्रमण हुँदा पनि सडक विभागले अनुगमन तथा नियन्त्रण नगरेको सरोकारलाको भनाई छ । व्यापारीहरुले चोक चोकमा सडकको दुबैतर्फ व्यवसाय संचालन गरेका छन् । प्रशासनले अतिक्रमण रोक्न पहल गरेपनि प्रभावकारी भएको छैन ।

प्रशासनले सडक अतिक्रमण गरेर व्यवसाय नगर्न निर्देशन दिएपनि व्यवसायीले अटेर गर्ने गरेका छन् । जथाभावि व्यवसाय संचालन गर्दा सडक दुर्घटनाको जोखिम बढेको छ । प्रशासनले अतिक्रमण गरेर व्यवसाय संचालन गरेकालाई कारबाही नगरेको स्थानीयको भनाई छ । दिनप्रतिदिन सडक अतिक्रमण बढिरहदा पनि स्थानीय तहले रोकथामको पहल गरेको छैन ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले एक हप्ता भित्र अतिक्रमण गरेर बसेकालाई हटाउने दाबी गरेको छ । यसअघि पनि अतिक्रमण गरेर बसेकालाई डोजर लगाएर हटाइएको थियो । तर नियमण र अनुगमन नुहँदा फेरी सडक अतिक्रमण बढेको हो । सडक अतिक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन सरोकारवालाले माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);