राष्ट्रपति भण्डारीद्दारा दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

राष्ट्रपति भण्डारीद्दारा दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता

bidhya -oli

काठमाडौं, २३ फागुन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिका लागि वाम गठबन्धनको तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले उम्मेदवारी दर्ता गराएकी छिन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै गएर भण्डारीले नेपालको तेस्रो तथा लगातार दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएकी हुन् ।

वाम गठबन्धनले गए राति विद्यादेवी भण्डारीलाई नै उम्मेदवार बनाउने निर्णय गरेको थियो । गठबन्धनले वर्तमान राष्ट्रपतिलाई नै आफ्नो तर्फबाट राष्ट्रपतिको उम्मेदवारका रुपमा अघि सारेपछि कांग्रेसले भोजपुरकी लक्ष्मी राईलाई उम्मेदवार बनाएको छ ।

नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि यही फागुन २९ गते मंगलबार राष्ट्रपतिको निर्वाचन हुन लागेको हो । निर्वाचनका लागि मतदानको समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म तोकिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);