काठमाडौं, २० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका लागि महन्थ ठाकुर र राष्ट्रियसभाका लागि तारा देवी भट्टलाई ज्येष्ठ सदस्यको सपथ ग्रहण गराएकी छिन् ।
राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका संयोजक ठाकुरले मैथिली भाषामा सपथ लिए भने भट्टले नेपाली भाषामा सपथ लिइन् । यसअघि राजपाकै महेन्द्र राय यादवले ज्येष्ठ सदस्यको शपथ खुवाउने भनिए पनि प्राविधिक रुपमा मात्र ज्येष्ठ सदस्य भएका उनलाई रोकेर ठाकुरलाई सपथ खुवाइएको हो ।
अब भट्ट र ठाकुरले बानेश्वरस्थित संघीय ससद भवनमा निर्वाचित सांसदलाई अपरान्ह ४ बजे सपथ खुवाउने छन् । त्यसअघि राष्ट्रपति कार्यालयका सचिव भुपेन्द्र पौडेलले संसदबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।




