चितवन, १९ फागुन । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले सहिदका सपना पुरा गर्न नयाँ जनयुद्ध हुने चेतावनी दिएका छन् ।
चितवनमा शसस्त्र द्वन्दमा सहिद, बेपत्ता परिवार र घाईतेहरुलाई सम्मान गर्दै महासचिव वैद्यले नयाँ जनयुद्ध हुने चेतावनी दिएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुको आन्दोलनलाई धोका दिएको उनले आरोप लगाए । महासचिव वैद्यले १० वर्षसँगै मिलेर आन्दोलन गरेपनि अध्यक्ष दाहालले सहिद, वेपत्ता र घाईतेहरुलाई भर्याङ बनाएको आरोप लगाए ।