चिसोका कारण यूरोपमा ६० जनाभन्दा धेरैको ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

चिसोका कारण यूरोपमा ६० जनाभन्दा धेरैको ज्यान गयो

एजेन्सी, १९ फागुन । युरोपमा चिसोका कारण ६० जनाभन्दा धेरैको ज्यान गएको छ भने पोल्याण्डमा मात्रै कम्तिमा २३ जनाको ज्यान गएको छ । त्यहाँको तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल झरेको छ ।

फ्रान्स, इटाली, नर्वे, नेदरल्याण्ड, स्वीडेनलगायत देशका नागरिकले पनि चिसोका कारण ज्यान गुमाएको अन्तर्राष्ट्रियसञ्चार माध्यमले जनाएका छन् । चिसोबाट बच्न मदिरा खाएर सुत्ने गरेका कारण धेरैको ज्यान गएको बताइएको छ । हावाहुरी र हिमपातका कारण धेरै देशमा विद्यालय, उडान र यातायात सेवा ठप्प भएको छ ।

आयरल्याण्डमा विद्युत अवरुद्ध हुँदा हजारौं परिवार अन्धकारमा बस्न बाध्य भएका छन् । स्टकल्याड, आयरल्याण्ड र बेलायतमा ९० सेन्टिमिटरसम्म हिउँ जमेको छ । खराब मौसम रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई घर बाहिर ननिस्किन आग्रह गरिएको छ । साइबेरियाबाट आएको मौसमी प्रणालीले युरोपको मौसम प्रभावित भएको हो । चिसो अझै केही दिन कायम रहने अनुमान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);