१५ दिन मनाइने होली कैलाली र कञ्चनपुरमा लोप हुने अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

१५ दिन मनाइने होली कैलाली र कञ्चनपुरमा लोप हुने अवस्थामा

पुष्कर भट्ट,
कञ्चनपुर, १८ फागुन । कैलाली र कञ्चनपुरका राना समुदायका आदिवासीले पहिला फागु पुर्णिमादेखि औँसीसम्म १५ दिन होली पर्व मनाउने गर्दथे । तर पछिल्लो समय युवा पुस्तामा पहिरन भेषभुषा तथा जीवन शैलीमा आएको परिवर्तनले १५ दिन मनाइने होली लोप हुने अवस्थामा पुगेको छ ।

कैलाली र कञ्चनपुरका राना समुदायले आफ्नो भेषभुषा लागाएर बजागाजा बजाएर होली पर्व मनाउने प्रचलन छ । तर पछिल्लो समय युवा पुस्तालाई भेषभुषा बनाउन, गीतसंगित मादल बाजा बजाउन नआएका कारण संस्कृति लोप हुने अवस्थामा पुगेको हो ।

राना समुदायमा महिला र पुरुषले संयुक्त रुपमा फागु पुर्णिमादेखि औंसीसम्म १५ दिन रातीको समयमा खेलिने होलीलाई जिउँदो होली भनेर खेलिन्छ ।

औंसीको दिन होलीका देवीको पुत्ला दहन गरे पश्चात ५ दिनसम्म दिउँसो खेलिने होलीलाई मरेको होली भनेर खेल्ने प्रचलन छ । आफ्नो कला संस्कृती लोप हुन लागेको भन्दै राना समुदायले होली पर्वलाई जोगाउनु पर्नेमा जोड दिंदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);