स्विकृत नक्सा अनुसार मात्रै भवन निर्माण गर्न काठमाडौं महानगरको अपिल | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

स्विकृत नक्सा अनुसार मात्रै भवन निर्माण गर्न काठमाडौं महानगरको अपिल

काठमाडौं, १८ फागुन । काठमाडौं महानगरपालिकाले स्विकृत नक्सा अनुसारमात्रै भवन निर्माण गर्न सार्वजनिक अपिल गरेको छ ।

स्विकृत नक्सा अनुसार भवन निर्माण नभएको उजुरी आउनेक्रम बढेपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्विकृत नक्सा अनुसार मात्रै भवन निर्माण गर्न सचेत गराएका छन् । महानगरपालिकाले सार्वजनिक भवन निर्माणका लागि तत्काल नक्सा पास दस्तुर नलिने निर्णय समेत गरेको छ ।

मेयर शाक्यले सार्वजनिक भवन निर्माणका लागि सरकारले तोकेको कर भने बुझाउनु पर्ने बताए । शुक्रबार नेपाल रेडक्रस सोसाईटीको ब्लड ट्रान्सफ्यूजन सेन्टर भवनको काठमाडौंमा शिलान्यास गरेपछि आयोजित कार्यक्रममा बोल्दै उनले सार्वजनिक भवन निर्माणका लागि पनि नक्सा पास अनिवार्य रहेको जानकारी गराए ।

थाई सरकारको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाईटीको ब्लड ट्रान्सफ्यूजन सेन्टर भवन निर्माण गर्न लागिएको हो । चालिस लाख अमेरिकी डलरमा निर्माण हुन लागेको सो सेन्टर भवनले दुई मुलुकबीचको मित्रतालाई अझै प्रगाढ बनाउने विश्वास गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);