पाइपलाइनमार्फत ग्यास वितरण गर्ने नीति सरकारले तत्काल बनाउनुपर्छः सुनिता डंगोल | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८३, बिहीबार

पाइपलाइनमार्फत ग्यास वितरण गर्ने नीति सरकारले तत्काल बनाउनुपर्छः सुनिता डंगोल

काठमाडौँ ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बायोग्यास वितरणको लागि आवश्यक नीतिगत व्यवस्था गर्न सरकारसंग माग गर्नुभएको छ । बिहीवार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रममा उहाँले पाइपलाइनमार्फत ग्यास वितरण गर्ने नीति तत्काल बनाउन माग गर्नुभएको हो । बायोग्यास उत्पादनपछि त्यसको वितरण कसरी गर्ने भन्ने विषयमा स्पष्ट नीति नहुँदा सञ्चालनमा चुनौती आउने देखिएको उहाँले बताउनु भयो । उहाँले ग्यास वितरणका लागि सिलिण्डर र पाइपलाइन दुवै विकल्पबारे नीतिगत स्पष्टता गर्नुपर्नेमा जोड दिनुभयो । प्राविधिक समस्याका कारण लामो समयदेखि बन्द रहेको प्लान्ट पुनः सञ्चालनमा ल्याएकोले यसको दिगोपनका लागि सरकारले आवश्यक नीतिगत व्यवस्था गर्न ढिलाई गर्न नहुने उहाँको भनाई छ । प्लान्ट सञ्चालनको दिगोपन सुनिश्चित गर्न महानगरपालिकाले निजी क्षेत्र तथा प्राविधिक समूहसँग छलफल गरी सम्भावित चुनौतीको विश्लेषण गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले बायोग्यास प्लान्ट निर्माण र उद्घाटनमा मात्र सिमित नभई नियमित सञ्चालन तथा उत्पादित ग्यासको प्रभावकारी वितरण सुनिश्चित गर्न महानगरले विशेष ध्यान दिएको बताउनु भयो ।

यसैगरी उहाँले टेकुमा निर्माण भइरहेको फोहोर स्थानान्तरण केन्द्र (ट्रान्सफर स्टेसन) तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । केही उपकरण विदेशबाट ल्याउनुपर्ने भएकाले ढिलाइ हुन सक्ने उहाँको भनाई छ । केन्द्र निर्माण सम्पन्न भएपछि जैविक र अजैविक फोहोर छुट्याउने तथा पुनःप्रयोगयोग्य फोहोरको व्यवस्थापनलाई व्यवस्थित बनाउने उहाँको भनाई छ । उहाँले फोहोरलाई इन्धनका रूपमा प्रयोग गर्ने व्यवस्था गर्न रिफ्युज डिराइभ्ड फ्युल (आरडीएफ) सम्बन्धी नीति बनाउन पनि सरकारसँग माग गर्नुभयो । सिमेन्ट उद्योगमा कोइलाको विकल्पका रूपमा प्रशोधित फोहोर प्रयोग गर्ने व्यवस्था अघि बढाउन आवश्यक रहेको उहाँको भनाई छ । यस

Leave a Reply