काठमाडौं, १७ फागुन । संविधान संशोधन, सरकारको नीति तथा कार्यक्रम र मन्त्रालय बाँडफाँडसहितका विषयमा केन्द्रित रहेर सरकार र फोरमबीच हिजो भएको छलफल निष्कर्षविहीन भएपछी आज बसेको बैठक पनि असफल भएको छ ।
फोरमलाई सरकारमा सहभागी गराउन पछिल्ला केही दिनयता दैनिक गृहकार्य भइरहेको छ। तर, मन्त्रालय भागबन्डामा सहमती बन्न नसकेपछी बैठक असफल भएको हो । फोरमले ३ मन्त्रालय मागे पछी सहमती हुन सकेन् । संविधान संशोधन गर्न भने तिनै दल सहमत भएका छन् ।