विप्लवविरुद्ध पक्राउ पुर्जी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८२, आइतबार

विप्लवविरुद्ध पक्राउ पुर्जी

काठमाडौं, १७ फागुन । नेकपा माओवादी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ पुर्जी जारी गरको छ। माओवादी युद्धका क्रममा मारिएका एक व्यक्तिको हत्या गरेको अभियोगमा जिल्ला अदालत भोजपुरमा रहेको मुद्दालाई ब्यँताएर चन्दविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो।

पछिल्लो समय विप्लव माओवादीको गतिविधि अराजक बन्दै गएपछि सरकारले पक्राउ पुर्जी जारी गरेको हो।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।