काठमाडौँ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले यौन हिंसासम्बन्धी मुद्दामा समेत पीडितलाई न्यायका लागि अदालतमा साक्षी उपलब्ध गराउनुपर्ने व्यवस्था हटाउनुपर्ने बताउनुभएको छ । बुधवार सिंहदरबारमा बसेकोे प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विधेयकमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जबरजस्ती करणीका मुद्दामा समेत पीडितलाई साक्षी उपलब्ध गराउनुपर्ने अवस्थाले पीडितलाई थप पीडा दिने बताउनु भयो । यौन हिंसापीडित किशोरी तथा महिलाले कसरी साक्षी जुटाउन सक्छ ? उहाँको प्रश्न छ । उहाँले यस्ता विशिष्ट प्रकृतिका मुद्दमा न्याय निरुपण प्रक्रियालाई सहज र पीडितमैत्री बनाउनेगरी विधेयकमा सुधार गर्नुपर्ने बताउनुभयो । सांसद विकले अदालतबाट न्याय पाएपछि पनि पीडितले जीवनभर मानसिक समस्यासँग संघर्ष गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै यौन हिंसाका घटना नै हुन नदिनेतर्फ राज्य र सम्बन्धित सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।बैठकमा बोल्ने अधिकांश सांसदहरुले सामाजिक सञ्जाल तथा विद्यु




