अहिले देश आतंकको छायामुनी चलेको छः अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८३, बुधवार

अहिले देश आतंकको छायामुनी चलेको छः अध्यक्ष ओली

काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार स्वेच्छाचारी बन्दै गएको टिप्पणी गर्नुभएको छ । पार्टीको राष्ट्रिय भेलाको शुभारम्भ कार्यक्रममा उहाँले देशमा असंवैधानिक र गैरकानूनी गतिविधि बढेको बताउनुभएको हो । उहाँले विगतमा हिंसात्मक, अलोकतान्त्रिक तथा आतंककारी गतिविधिमार्फत सत्ता उलटफेर गर्ने, आगजनी, लुटपाट र तोडफोडबाट लोकतान्त्रिक तथा संवैधानिक व्यवस्था कमजोर बनाउने काम भएको आरोप लगाउनु भयो । त्यस्ता गतिविधिलाई वैधानिकता दिन निर्वाचनको मञ्चन गरिएको उहाँको दाबी छ । उहाँले हाल भय र त्रासको वातावरणको सरकार चलिरहेको बताउनु भयो । सरकार दमनकारी र प्रतिशोधी व्यवहारसहित फासिवादतर्फ उन्मुख भएको उहाँको आरोप छ । आर्थिक अवस्था निरन्तर खस्किँदै गएको उल्लेख गर्दै उहाँले सरकारसँग ठूलो रकम थन्किएर बसेपनि पीडित जनताले राहत समेत पाउन नसकेको बताउनु भयो । सरकार जनताप्रति उत्तरदायी नभएको उहाँको आरोप छ ।उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था पनि कमजोर बन्दै गएको बताउनु भयो । अस्पतालबाट उपचार नपाएर सडकमा प्रसूति हुनुपर्ने अवस्था कायम रहनु स्वास्थ्य सेवाको गम्भीर कमजोरी भएको उहाँको भनाइ छ । नेपाली भाषा, संस्कृति र सभ्यतामाथि समेत आक्रमण भइरहेको उहाँको दाबी छ ।

Leave a Reply