ट्रिकी पिचमा ब्याटर समालिएनन्– सुदूरपश्चिमका प्रशिक्षक मिसबाह | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १० २०८३, मंगलबार

ट्रिकी पिचमा ब्याटर समालिएनन्– सुदूरपश्चिमका प्रशिक्षक मिसबाह

सुदूरपश्चिम रोयल्सका प्रशिक्षक मिसबाह उल हकले नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा हारपछि आफ्ना ब्याटरले सहजै विकेट गुमाएको बताएका छन् ।
कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा लुम्बिनी लायन्ससँग खराब ब्याटिङसँगै हारपछि सुदूरपश्चिमका प्रशिक्षक मिसबाहले ट्रिकी पिच हुँदा आफ्ना खेलाडीले साझेदारीमा ध्यान नदिँदा सहजै विकेट गुमेको बताए । ट्रिकी पिचमा बल स्लो हुने र त्यस्तो अवस्थामा ब्याटरले साझेदारीमा ध्यान दिनुपर्ने सुदूरपश्चिमका प्रशिक्षक मिसबाहले औंल्याए । यद्यपि, आफ्ना ब्याटरले त्यसमा ध्यान नदिएको र सहजै विकेट गुमाएको उनी बताउँछन् । कहिलेकाहिँ यस्तो अवस्था आउने उनको भनाइ छ । आगामी खेलमा सुधार आउने प्रशिक्षक मिसबाहकले उल्लेख गरे । आरिफ शेखले अगाडिको खेलमा राम्रो गरेकाले माथिल्लो क्रममा ब्याटिङमा पठाएको उनको भनाइ छ । सुदूरपश्चिमका प्रशिक्षक मिसबाहले यो पहिलो खेल रहेको र आगामी खेलमा सुधार गर्ने आशामा रहेको बताएका छन् ।
लुम्बिनी लायन्सका बलर किशोर महतोले आधारभूत पक्षमा ध्यान दिँदै रणनीतिअनुरूप बलिङ गर्न सक्दा विकेट आएको बताए । उनले सर्वाधिक चार विकेट लिएका थिए । पिचले आफ्ना लागि मद्दत मिल्दा विकेट आएको किशोरले बताए । बलरका लागि मद्दत मिल्ने पिच रहेको उनले उल्लेख गरे । प्रशिक्षक र कप्तान रोहित पौडेलले योजनाअनुरूप बलिङ हुँदा मद्दत मिलेको किशोरले बताएका छन् ।

Leave a Reply