पाकिस्तानको बलुचिस्तानमा यात्रुवाहक बस र मिनीबस ठोक्किँदा १२ जनाको मृत्यु, २० भन्दा बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ८ २०८३, आइतबार

पाकिस्तानको बलुचिस्तानमा यात्रुवाहक बस र मिनीबस ठोक्किँदा १२ जनाको मृत्यु, २० भन्दा बढी घाइते

दक्षिण–पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटा–कराँची राजमार्गमा शुक्रवार यात्रुवाहक बस र मिनीबस एकआपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी यात्रु घाइते भएका छन् । दक्षिण–पश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तमा शुक्रवार दिउँसो भएको भीषण सवारी दुर्घटनामा परी कम्तीमा १२ जना यात्रुको ज्यान गएको छ । दुर्घटनामा २० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमध्ये केहीको अवस्था अत्यन्त नाजुक रहेको स्थानीय प्रहरी तथा उद्धार अधिकारीहरूले पुष्टि गरेका छन् । प्रहरीकाअनुसार दक्षिण–पश्चिमी जिल्ला ग्वादरबाट दक्षिणी बन्दरगाह शहर कराराँचीतर्फ गइरहेको तिब्र गतिको यात्रुवाहक कोच क्वेटा–कराँची राजमार्गमा विपरीत दिशाबाट आइरहेको मिनीबससँग सीधा जुध्न पुगेको थियो । ठक्कर यति शक्तिशाली थियो कि दुवै सवारीसाधन नराम्ररी क्षतिग्रस्त भएका छन्।्ल्लदुर्घटनालगत्तै खटिएको उद्धार टोलीकाअनुसार सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका अन्य पाँच जनाले अस्पतालमा उपचारका क्रममा अन्तिम सास फेरेका थिए । स्थानीय एधी उद्धार सेवाका प्रमुख अब्दुल हकिम लासीले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार उद्धारकर्मीहरूले घटनास्थलबाट करिव २२ जना घाइतेहरूलाई नजिकैको स्थानीय अस्पताल पु¥याएका छन् । अस्पतालमा उपचाररत घाइतेमध्ये सात जनाको अवस्था चिन्ताजनक रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने चिकित्सकहरूले आशंका व्यक्त गरेका छन् । प्रहरी प्रशासनले घटनाको कारणबारे विस्तृत प्राविधिक अनुसन्धान सुरु गरिसकेको जनाएको छ । प्रारम्भिक अनुमानअनुसार तिब्र गति वा सडकको प्रतिकूल अवस्था दुर्घटनाको कारक हुन सक्ने बताइए तापनि औपचारिक प्रतिवेदन आउन बाँकी छ ।

Leave a Reply