सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८३, शनिबार

सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल

काठमाडौं ।

सभामुख डोलप्रसाद अर्यालले ललितपुरको कला, संस्कृति, सम्पदा र नेवारी भाषाको संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्ने बताउनुभएको छ । ललितपुरमा शनिवार आयोजित कार्यक्रममा उहाँले सम्पदा, संस्कृति, मठमन्दिर र भाषाको संरक्षणका लागि राज्यले आवश्यक कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । उहाँले अग्रजहरूले छाडेर गएका सम्पदा र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले आफू सामान्य नागरिक भएकाले स्थानीय समुदायसँग प्रत्यक्ष संवाद गर्न आफू सधैँ तयार रहेको बताउनु भयो । मुलुक निर्माणमा नेवारी समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उहाँले स्थानीय समुदायबाट प्राप्त सुझाव र समस्या कानुन निर्माण गर्ने तहसम्म पु¥याउन आफूले प्रयास गर्ने बताउनु भयो । उहाँले देशको माटो चिनाउन नेवारी र थारु समुदायको महत्वपुर्ण भुमिका रहको बताउनु भयो । उहाँले ललितपुरको नेवारी संस्कृति र खानाप्रतिको आफ्नो रुचिसमेत व्यक्त गर्नुभयो । संग्रहालय तथा सम्पदा अवलोकनका साथै नेवारी खाना खानका लागि ललितपुर जानुपर्ने उहाँको भनाई छ ।

Leave a Reply