सांसदको औचित्यमाथि एआईको चुनौतीः प्रविधिसँग प्रतिष्पर्धा गर्ने कि रूपान्तरण हुने ? | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८३, बिहीबार

सांसदको औचित्यमाथि एआईको चुनौतीः प्रविधिसँग प्रतिष्पर्धा गर्ने कि रूपान्तरण हुने ?

काठमाडौँ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद खुशबु सरकार श्रेष्ठले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रभावले जनप्रतिनिधिको औचित्यमाथि नै प्रश्न खडा गरेको बताउनुभएको छ ।  बिहीवारको बैठकमा उहाँले प्रविधिको विकासले सांसदहरूलाई विस्थापित वा असान्दर्भिक बनाउन सक्ने भन्दै समयमै सचेत हुन सदनको ध्यानाकर्षण गराउनुभएको हो । सांसद श्रेष्ठले एआईलाई एउटा यस्तो शक्ति भन्नुभएको छ जसलाई न त पार्टीको झण्डा चाहिन्छ, न त चुनावी क्षेत्र र कार्यकर्ता नै । उहाँकाअनुसार एआईले सूचना संकलन, तथ्यांक विश्लेषण र नीति निर्माणमा मानिसभन्दा कैयौँ गुणा छिटो काम गर्न सक्ने क्षमता राख्छ ।

उहाँले राजनीतिक दलका परम्परागत शैलीहरू जस्तै–लामो भाषण, ठूला पोस्टर र घोषणापत्रहरू अबको एआई युगमा अर्थहीन हुनसक्ने भन्दै चेतावनी दिनुभयो । श्रेष्ठले एआईले सक्षम र असक्षमबीच स्पष्ट रूपमा छुटाउने भएकाले सांसदहरूले आफ्नो कार्यशैली बदल्नुपर्ने आवश्यकता औँल्याउनु भयो । एआईलाई रोक्नु सम्भव नभएको बताउँदै उहाँले मानवीय जवाफदेहिता र नैतिक निर्णयको पाटो भने मानिसकै हातमा रहनेमा जोड दिनुभयो । एआई निर्णय लिने साधन मात्र हुनुपर्ने र त्यसको नैतिक जवाफदेहिता जनप्रतिनिधिले नै लिनुपर्ने उहाँको भनाइ छ ।

Leave a Reply

ताजा समाचार