रास्वपा सांसदको गुनासोः संसदको क्यान्टिनमा खाजा खान संसदको भत्ताले पुगेन | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

रास्वपा सांसदको गुनासोः संसदको क्यान्टिनमा खाजा खान संसदको भत्ताले पुगेन

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरिमोहन भण्डारीले संघीय संसदको क्यान्टिन महंगो भएको गुनासो गर्नुभएको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । उहाँले क्यान्टिनको मूल्य अस्वभाविक रूपमा महँगो भएको भन्दै माननीयहरूको तलबले खानपान र खर्च धान्न कठिन भएको व्यङ्ग्य गर्नुभयो । उहाँले क्यान्टिनको गुणस्तर र मूल्य नियन्त्रण गर्न अविलम्व कदम चाल्नुपर्ने आवश्यकता औँल्याउँदै त्यहाँ लामखुट्टेको प्रकोपसमेत बढेको गुनासो गर्नुभयो ।सांसद भण्डारीले आफ्नो निर्वाचन क्षेत्रमा प्राकृतिक विपत्तिले जनजीवन प्रभावित भएको बताउनु भयो ।

Leave a Reply