काठमाडौँ । नेपालको पुरुष कबड्डी टोलीले जापानमा जारी २० औं एशियाली खेलकुदमा थाइल्याण्डसँगको हारसँगै यात्रा शुरु गरेको छ ।
तोकाइ सिटिजन जिम्न्याजियममा सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग एकपक्षीय रूपमा नतिजा सुम्पियो । दुवै हाफमा पछि परेको नेपाल ५९–४८ अंकले पराजित भयो । पहिलो हाफमा नेपालले थाइल्याण्डलाई कडा चुनौती दिएको थियो । तर, पहिलो हाफ सकिँदा नेपाल २४–२८ ले पछि प¥यो । यससँगै दोस्रो हाफमा चार अंकले पछि रहँदै नेपालले शुरुवात ग¥यो । दोस्रो हाफमा नेपालले पुनरागमन गर्ने आशा गरे पनि सफल भएन । दोस्रो हाफमा पनि थाइल्याण्डको आक्रामक शैलीलाई नेपाल रोक्न असफल रह्यो । दोस्रो हाफमा थाइल्याण्डले ३१ अंक जोड्दा नेपालले २४ अंक मात्र बनाउन सक्यो ।
समूह ‘बी’ को थाइल्यान्डले ११ अंकको जित निकाल्यो । भारतमा व्यावसायिक लिग खेलेका घनश्याम रोकामगरको कप्तानीमा नेपाल जित निकाल्न असफल भयो । विष्णुदत्त भट्ट मुख्य प्रशिक्षक थिए । नेपालले २९ रेड अंक र बोनस अंक १८ पायो । साथै एक सुपर अंकसमेत नेपालले प्राप्त गरेको थियो । पहिलो खेलमै पराजित भएपछि नेपाल दोस्रो चरणमा पुग्न दबाबमा परेको छ ।
पुरुष कबड्डीमा नेपाल पराजित
ताजा समाचार
पुरुष कबड्डीमा नेपाल पराजित
१ घन्टा अघि
चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण
३ घन्टा अघि




