इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसी र अमेरिकाको केन्द्रिय गुप्तचर निकायका निर्देशक जोन र्याट्क्लिफबीच आईतवार भेटवार्ता भएको छ । भेटमा इरान, गाजा, सुडान, सोमालिया तथा हर्न अफ अफ्रिकाका पछिल्ला घटनाक्रमबारे छलफल भएको इजिप्टको राष्ट्रपतिको कार्यालयले जनाएको छ । इरानका विषयमा सिसीले इरान संकट समाधान गर्ने व्यापक सम्झौताको प्रयासलाई समर्थन गर्दै त्यसले क्षेत्रीय सुरक्षा तथा स्थिरता पुनःस्थापित गर्न र अन्तर्राष्ट्रिय जलमार्गमा आवतजावतको स्वतन्त्रता सुनिश्चित गर्न सहयोग पुग्ने बताउनु भयो ।
सिसीले गाजामा युद्धविरामलाई मजबुत बनाउने अमेरिकी प्रश्तावित योजनाको दोस्रो चरण पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सर्वसाधारणको सुरक्षा तथा गाजामा पर्याप्त र अवरोधरहित मानवीय सहायता पु¥याउनुपर्ने बताउनु भयो । उहाँले फिलिस्तीनी मुद्दाको निष्पक्ष र व्यापक समाधानका लागि राजनीतिक प्रक्रिया पुनः शुरु गर्न आवश्यक वातावरण बनाउन पनि आह्वान गर्नुभयो । यस्तो समाधान अन्तर्राष्ट्रिय प्रस्तावहरू तथा दुई–राष्ट्र समाधानमा आधारित हुनुपर्ने उहाँको भनाइ थियो ।
सुडानका विषयमा सिसीले देशको एकता, स्थिरता र राष्ट्रिय संस्थाहरूको संरक्षणप्रति इजिप्टको समर्थन दोहो¥याउनु भयो । उहाँले सुडानको सार्वभौमिकता, एकता र क्षेत्रीय अखण्डता अपरिवर्तनीय सिद्धान्त भएको बताउनु भयो । सोमालिया तथा हर्न अफ अफ्रिकाको अवस्थाबारे पनि छलफल भएको थियो । सिसीले सोमालियाको सुरक्षा र स्थिरताप्रति इजिप्टको समर्थन दोहो¥याउँदै उसको सार्वभौमिकता र क्षेत्रीय अखण्डतामाथि कुनै पनि हस्तक्षेपको विरोध गर्नुभयो ।
र्याट्क्लिफले गाजामा युद्धविराम सम्झौता गराउन इजिप्टले खेलेको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गरे। उनले क्षेत्रीय स्थिरता र शान्ति प्रक्रियालाई अघि बढाउन इजिप्टले गरिरहेको निरन्तर प्रयासको पनि सराहना गर्नुभयो ।
दुवै पक्षले सुडान, सोमालिया, हर्न अफ अफ्रिका र अन्तर्राष्ट्रिय समुद्री सुरक्षालगायत क्षेत्रीय सुरक्षा विषयमा निरन्तर समन्वय गर्ने विषयमा पनि छलफल गरेका छन् ।
भेटवार्तामा सीआईए र इजिप्टको जनरल इन्टेलिजेन्स सर्भिसबीच सुरक्षा, गुप्तचर, आतंकवादविरोधी अभियान तथा संगठित र सीमापार अपराध नियन्त्रणमा सहकार्यका विषय पनि समेटिएका थिए ।
इजिप्टका राष्ट्रपति सिसी र सीआईए प्रमुख र्याट्क्लिफबीच क्षेत्रीय मुद्दाबारे छलफल
ताजा समाचार
पुरुष कबड्डीमा नेपाल पराजित
१४ मिनेट अघि
चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण
१ घन्टा अघि





