इजिप्टका राष्ट्रपति सिसी पुनः तेस्रोपटक निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

इजिप्टका राष्ट्रपति सिसी पुनः तेस्रोपटक निर्वाचित

एजेन्सी, ३ पुस । इजिप्टको राष्ट्रिय निर्वाचन प्राधिकरण (एनइए) ले सोमवार वर्तमान राष्ट्रपति अब्देल–फताह अल–सिसीलाई राष्ट्रको राष्ट्रपति चुनावमा विजयी घोषणा गरेको छ । सन् २०१४ र २०१८ मा दुवै निर्वाचनमा भारी बहुमतका साथ विजयी भएपछि सिसीले लगातार तेस्रो कार्यकाल जितेका छन् । इजिप्टमा डिसेम्बर १०–१२ मा मतदान भएको हो ।

विदेशमा रहेका इजिप्टका नागरिकहरूले डिसेम्बर १ देखि डिसेम्बर ३ सम्म १२१ देशका १३७ दुतावास र वाणिज्य दूतावासहरूबाट मतदान गरेका थिए । कायरोमा आयोजित पत्रकार सम्मेलनमा एनईएका अध्यक्ष हाजेम बडावीले निर्वाचनमा करिव ६ करोड ७० लाख मतदातामध्ये स्वदेश तथा विदेशमा रहेका झन्डै ४ करोड ४८ लाख नागरिकले मतदान गरेको र ६६ दशमलव ८ प्रतिशत मतदान भएको बताउनु भयो ।

रिपब्लिकन पिपुल्स पार्टीको नेतृत्व गर्ने हाजेम ओमारले ४.५ प्रतिशत मत प्राप्त गर्नभयो भने इजिप्टियन सोसल डेमोक्र्याटिक पार्टीका फरीद जहरान र इजिप्शियन वाफड पार्टीका अब्देल–सनद यामामाले ४.५ प्रतिशत मत प्राप्त गर्नुभयो । चुनावको नतिजाको घोषणापछि सिसीले राष्ट्रको नाममा सम्बोधन गर्दै देशको नेतृत्व गर्ने मिसनको लागि आफूलाई छान्नु भनेको इमानदारीपूर्वक वहन गरेको जिम्मेवारी रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);