दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न सांसद खरेलको प्रश्ताव | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न सांसद खरेलको प्रश्ताव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव गर्नुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्ताव गर्नुभएको हो । उहाँले पछिल्लो समय मुलुकमा घटिरहेका विपद्का घटनाहरुलाई दैवीप्रकोप भन्न नमिल्ने बताउनु भयो । सांसद खरेलले बाढी, पहिरो, डुबान, कटान तथा भूकम्पलगायतका विपद्लाई दैवी प्रकोप नभई मानव सिर्जित वा प्राकृतिक विपद्का रूपमा बुझ्नुपर्ने बताउनु भयो । उहाँले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन, २०७४ तथा त्यसअन्तर्गत बनेको नियमावलीले दैवी प्रकोपसम्बन्धी पुरानो कानुनी व्यवस्थालाई विस्थापित गरिसकेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘भोटेकोशी बाढी दैवी प्रकोप होइन भन्ने कुरामा हामी स्पष्ट छौँ । यो बाढी मात्र होइन, कुनैपनि बाढी, पहिरो, डुबान, कटान, भूइँचालो लगायतका विपद्हरु दैवीप्रकोप होइन् । कि यी मानव सिर्जित हुन् कि प्राकृतिक विपद् हुन् । यसको पुष्टि २०७४ सालमा बनेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७६ मा बनेको नियमावलीले स्पष्ट गरेको छ कि २०३९ सालमा बनेको दैवी प्रकोप उद्धार ऐनलाई विस्थापित गरेर आएपछि अब दैवी रहेन । त्यसकारण मेरो सम्माननीय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुराध छ, यो दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरेर अब प्रधानमन्त्री विपद् राहत कोष भनेर कायम गरियोस् ।’
उहाँले खरेलले २०३९ सालमा बनेको दैवीप्रकोप उद्धार ऐन विस्थापित भइसकेकाले सोहीअनुसार सरकारी कोषको नामसमेत परिवर्तन बताउनुभएको हो ।

Leave a Reply

ताजा समाचार