रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकाहरुका आफन्तहरुले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् ।
बाढीमा परी सम्पर्कविहीन भइसकेको धेरै दिन हुँदा समेत सम्पर्कमा नआएको र शव समेत फेला नपरेपछि आफन्तहरुले कुशको शव बनाएर संयुक्त रुपमा दाहसंस्कार गरिरहेका हुन् । बेपत्ता भएकाहरुका आफन्तहरुले शुक्रवार पशुपति आर्यघाटमा कुशको शवको प्रतिमा बनाएर अन्तिम संस्कार गरिरहेका छन् । पशुपति क्षेत्र विकास कोषले निःशल्क रुपमा दाहसंस्कार गर्ने व्यवस्था मिलाएको छ । रसुवा बाढीमा मृत्यु भएका १ हजार दुई सय ५९ जनाको शव फेला परेको छ । अझै पनि ५ हजार बढी नागरिक सम्पर्कविहीन छन् । अहिलेसम्म ९३ शवको मात्र सनाखत हुन सकेको छ । सरकारले बाढी प्रभावित क्षेत्रहरु रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायतका जिल्लाका खोज तथा उद्धार कार्य जारी राखेको छ ।
कुशको शव बनाएर अन्तिम संस्कार
ताजा समाचार
मेहनतअनुसार नतिजा आउँछः कराते खेलाडी एरिका
१ घन्टा अघि
कुशको शव बनाएर अन्तिम संस्कार
१ घन्टा अघि




