कृषि क्षेत्रको विकासको लागि कृषिमा लगानी आवश्यक : डा. डिल्लीराम शर्मा | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

कृषि क्षेत्रको विकासको लागि कृषिमा लगानी आवश्यक : डा. डिल्लीराम शर्मा

कृषि विभागका महानिर्देशक डा. डिल्लीराम शर्माले कृषि क्षेत्रको विकासको लागि कृषिमा लगानी आवश्यक रहेको बताएका छन ।

dilliram sharma

काठमाडौ, १३ फागुन । कृषि विभागका महानिर्देशक डा. डिल्लीराम शर्माले कृषि क्षेत्रको विकासको लागि कृषिमा लगानी आवश्यक रहेको बताएका छन । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै महानिर्देशक शर्माले मुलुकलाई आर्थिक रुपमा बलियो बनाउनको लागि कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका हुन ।

नेपाल जस्तो कृषिका लागि उर्वर भूमिलाई सही सदुपयोग गर्दै कृषि उत्पादनलाई सही रुपमा निर्यात गर्नुपर्ने उनको तर्क थियो । कृषिमा लगानीको वातावरण सिर्जना गर्ने र लगानी बढाउने कामप्रति सरकारको ध्यानाकर्षण गराए । शुक्रबारदेखि शुरु भएको तेस्रो राष्ट्रिय हिमाली कृषि व्यावसाय प्रवद्र्धन प्रदर्शनीका संयोजक डा. विजयकान्त झाले कागजमा आत्मनिर्भर भनेर आर्थिक क्रान्ति सफल नहुने ठोकुवा गरे ।

आर्थिक समृद्धिका लागि कुरा गरेर मात्र नहुने भन्दै उनले कृषि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउनका लागि सरकारले प्रभावकारी योजना ल्याउनुपर्ने उनको तर्क थियो । यस्तै कृषि विश्लेषक डा. कृष्ण पौडेलले कृषिसँग सम्बन्धित विज्ञहरुले नै नेपालको कृषि क्षेत्रलाई उल्टो बाटोमा लाने प्रयास गरेको आरोप लगाए ।

नेपालको माटोअनुसारको कृषि खेतिलाई विस्थापित गरेर पश्चिमी शैली अपनाउन खोज्दा नेपालको कृषि क्षेत्र ओरालो लागेको उनको भनाई थियो । हिमालमा पर्ने १० वटा जिल्ला संखुवासभादेखि हुम्लासम्मका जिल्लाहरुमा उत्पादन भएका हाते कागज, च्याउ, चिराईतो, अल्लाको कपडा आदी कुराहरु सहरमा ल्याएर बेच्नसके ग्रामिण अर्थतन्त्र बलियो हुने पौडेलको तर्क थियो ।

शुक्रबारदेखि काठमाण्डौको भुकृटीमण्डमा सुरु भएको तेस्रो राष्ट्रिय हिमाली कृषि व्यावसाय प्रवद्र्धन प्रदर्शनीको अवसर पारेर नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको भुमिका विषयमा अन्तरक्रिया भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);