नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को सातौं बैठक आज सकिंदै | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को सातौं बैठक आज सकिंदै

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपिजी) ले अहिलेसम्मका उपलब्धि सार्वजनिक गर्ने भएको छ

nepal india

काठमाडौं, १३ फागुन । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपिजी) ले अहिलेसम्मका उपलब्धि सार्वजनिक गर्ने भएको छ । ईपीजीले सातौं बैठकको समापनपछि आज पत्रकार सम्मेलन गरेर अहिलेसम्मका उपलब्धि सार्वजनिक गर्ने भएको हो । सातौं बैठक शनिबार काठमाडौंमा सुरु भएको थियो ।

बैठकले दुई देशका सरकारलाई बुझाउने साझा प्रतिवेदनको मस्यौदालाई अन्तिम रुप दिने बताइएको छ । ईपीजीको कार्यकाल चार महिनापछि सकिंदै छ । कार्यकाल सकिनु अगावै प्रतिवेदन बुझाउने ईपीजीको तयारी छ । प्रतिवेदनमा खासगरी सन् १९५० को शान्ति तथा मैत्री सन्धिका केही बुँदा परिमार्जनका लागि सुझाव दिइने ईपीजीका सदस्यहरुले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);