काठमाडौं ।
नेकपा (एमाले)की सचिव एवं संसदीइ दलकी उपनेता पद्मा अर्यालले सरकार नागरिकका समस्या समाधान गर्नुभन्दा सामाजिक सञ्जालमार्फत प्रतिपक्षको आलोचना गर्ने काममा बढी केन्द्रित भएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले ग्यास, रासायनिक मल र राहदानीको लागि लाइनमा बसेका नागरिकको समस्या समाधान गर्नुभन्दा सरकार निकटस्थमार्फत प्रतिपक्षको आलोचना गर्ने काममा बढी केन्द्रित भएको आरोप लगाउनु भयो । के सरकारको काम प्रतिपक्षको विरोध गर्ने कारखाना मात्रै सञ्चालन गर्ने हा ? उहाँको प्रश्न छ ।
उहाँले प्रविधिको विकास हुनु आफैँमा समस्या नभएपनि त्यसले समाजमा गम्भीर समस्या सिर्जना गरिरहेको बताउनु भयो । उहाँले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर र वर्गीकरणका आधारमा मापदण्ड बनाउन समेत सरकारसँग माग गर्नुभयो । उहाँले गरिमा चौधरीको बलात्कारपछि हत्याको घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कानूनी कारबाही गर्न माग गर्नुभयो ।उहाँले ठूलो जनमतसहित आएको सरकारले किन परिणाम आउनेगरी काम गर्न सकिरहेको छैन ? भन्दै प्रश्न समेत गर्नुभयो ।




