काठमाडौं, १३ फागुन । विरेन्द्रनगरलाई प्रदेश राजधानी बनाउने प्रस्तावमा माओवादी सांसद नरे भण्डारी र राप्रपाकी सोसलि शाहीले फरक मत दर्ज गराए । भण्डारीले कर्णाली प्रदेशको राजधानी सुर्खेत विरेन्द्रनगर लाई समर्थन गरे पनि मौसमी राजधानीको पक्षमा रहेकी बताए ।
वीरेन्द्रनगरलाई शीतकालीन र जुम्लालाई ग्रीष्मकाली राजधानी बनाउनुपर्ने उनको मत थियो । फरक मत राखे पनि सांसद भण्डारीले पक्षमै मतदान गरे ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।