मलेसियाको औद्योगिक उत्पादनमा उल्लेख्य वृद्धिः दोस्रो त्रैमासमा ७.७ प्रतिशतको विस्तार | ईमाउण्टेन समाचार

Our Network

साउन २८ २०८३, शुक्रबार

मलेसियाको औद्योगिक उत्पादनमा उल्लेख्य वृद्धिः दोस्रो त्रैमासमा ७.७ प्रतिशतको विस्तार

सन् २०२६ को दोस्रो त्रैमासमा मलेसियाको औद्योगिक उत्पादन सूचकांकमा ७.७ प्रतिशतको वृद्धि भएको छ । खानी, उत्पादन (म्यानुफ्याक्चरिङ) र विद्युत क्षेत्रको उत्पादनमा आएको सुधारका कारण औद्योगिक वृद्धिदरमा तिब्रता आएको मलेसियाको तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२६ को पहिलो त्रैमासमा औद्योगिक उत्पादन वृद्धिदर ४ प्रतिशत रहेकोमा दोस्रो त्रैमासमा यसमा उल्लेख्य सुधार देखिएको हो । विभागकाअनुसार दोस्रो त्रैमासमा खानी क्षेत्रको उत्पादनमा ९.४ प्रतिशत, उत्पादन क्षेत्रमा ७.४ प्रतिशत र विद्युत् क्षेत्रमा ७.३ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो त्रैमासको तुलनामा औद्योगिक उत्पादन सूचकांक १.९ प्रतिशतले बढेको छ । सन् २०२६ को पहिलो ६ महिना (जनवरी–जुन) को तथ्यांक हेर्दा औद्योगिक उत्पादन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.९ प्रतिशतले बढेको छ । गत वर्षको पहिलो ६ महिनामा यस्तो वृद्धिदर २ प्रतिशत मात्र रहेको थियो । यस अर्धवार्षिक अवधिमा उत्पादन क्षेत्रमा ६.५ प्रतिशत, विद्युत क्षेत्रमा ६.३ प्रतिशत र खानी क्षेत्रमा २.९ प्रतिशतको विस्तार भएको छ ।
जुन महिनाको विवरण अनुसार औद्योगिक उत्पादन वार्षिक ६.५ प्रतिशतले बढेको छ । सो अवधिमा उत्पादन क्षेत्र ७.३ प्रतिशत, विद्युत उत्पादन ६.७ प्रतिशत र खानी क्षेत्र ३.१ प्रतिशतले बढेको छ । मे महिनामा अघिल्लो महिनाको तुलनामा १.४ प्रतिशतको झिनो वृद्धि देखिएकोमा जुन महिनामा ५.५ प्रतिशतको मासिक वृद्धि दर्ता भएको छ ।

Leave a Reply