साउदी र पाकिस्तानसँगको त्रिपक्षीय रक्षा सम्झौता नेटोको प्रतिवद्धताविपरित छैनः टर्की | ईमाउण्टेन समाचार

Our Network

साउन २३ २०८३, आइतबार

साउदी र पाकिस्तानसँगको त्रिपक्षीय रक्षा सम्झौता नेटोको प्रतिवद्धताविपरित छैनः टर्की

टर्कीले साउदी अरब र पाकिस्तानसँग हालै गरिएको त्रिपक्षीय रक्षा सम्झौता उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को धारा ५ सँग बाझिएको भन्ने दाबीलाई अस्वीकार गरेको छ । सामाजिक सञ्जालमा फैलाइएका यस्ता दाबीहरू आधारहीन रहेको टर्कीको भनाइ छ । टर्कीको सञ्चार निर्देशनालयअन्तर्गतको डिइन्फर्मेसन कम्ब्याटिङ सेन्टरले शुक्रवार सामाजिक सञ्जाल एक्समार्फत एक विज्ञप्ति जारी गर्दै यी आरोपहरूको खण्डन गरेको हो । केन्द्रले ती दाबीहरूलाई पूर्णतया निराधार र सुनियोजित रूपमा भ्रम सिर्जना गर्ने प्रयासको संज्ञा दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘साउदी र पाकिस्तानसँग गरिएको नयाँ रक्षा सम्झौताले टर्कीको नेटोप्रतिको प्रतिवद्धतामा कुनै पनि अवरोध पु¥याउँदैन ।’
नेटोको धारा ५ ले सामूहिक रक्षाको सिद्धान्तलाई सुनिश्चित गर्दछ, जसअनुसार कुनै एक सदस्य राष्ट्रमाथि भएको सशस्त्र आक्रमणलाई सबै सदस्य राष्ट्रहरूमाथिको साझा आक्रमण मानिन्छ ।
शुक्रवार साउदी अरबको मक्कामा टर्की, साउदी अरब र पाकिस्तानका उच्च नेताहरूबीच ‘मक्का संयुक्त रक्षा सम्झौता’ हस्ताक्षर भएको थियो । उक्त सम्झौतामा तीनमध्ये कुनै पनि मुलुकमाथि सशस्त्र आक्रमण भएमा त्यसलाई सबैमाथिको आक्रमण मानिने र सामूहिक रूपमा प्रतिवाद गरिने प्रावधान उल्लेख गरिएको छ । यही प्रावधानलाई लिएर सामाजिक सञ्जालमा टर्कीको नेटो प्रतिवद्धतामाथि प्रश्न उठाइएको थियो, जसलाई टर्की सरकारले औपचारिक रूपमा अस्वीकार गरेको हो ।

Leave a Reply

ताजा समाचार